पहिरोले पानीघट्ट पुरिँदा २ जनाको मृत्यु
काठमाडौं : कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन्। उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए। घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको हो।प्रहरी चौकी मेहलमुडी कालिकोटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उक्त पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकालेको थियो।
