SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

तनहुँमा भुजेल संस्कृति संरक्षण गरिँदै

तनहुँ । भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला वर्षमा ओझेलमा पर्न थालेपछि संस्कृति संरक्षणमा सक्रियता बढेको छ । भुजेल समाज सेवा समिति तनहुँले देवघाट गाउँपालिका–१ स्थित बसेनीटारमा मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरी संस्कृति संरक्षणमा पहल थालेको हो ।