आत्मदाह गरेका गणेश नेपालीको पाँच दिनपछि पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । परिवारका सदस्य, आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
