SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

काठमाडौं जिल्ला अदालतमा भोलिदेखि साउन ६ गतेसम्म नयाँ मुद्दा दर्ता नहुने

काठमाडौं : काठमाडौं जिल्ला अदालतमा असार ३० गतेदेखि साउन ६ गतेसम्म नयाँ मुद्दा दर्ता नहुने भएको छ। अदालतले सोमबार एक सूचना जारी गर्दै भोलिदेखि साउन ६ गतेसम्म नयाँ मुद्दा दर्ता नहुने जानकारी गराएको हो।अदालतका अनुसार साउन महिनामा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्य योजना निर्माण तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तयार गर्ने र नयाँ दायरी सार्ने लगायत व्यवस्थापकीय काम गर्नुपर्ने भएकाले सो अवधिमा हदम्याद व्यतीत हुनेबाहेक अन्य मुद्दा दर्ता बन्द गरिएको हो।