राजधानीमा शंकास्पद गाडी भेटिने क्रम जारी, गगनको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि प्रमुख सञ्चारमाध्यमका कार्यालयदेखि नेताका घर अगाडि शंकास्पद गाडी भेटिने सिलसिला जारी छ । बिहानै कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर, हिमालय टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा गाडी राखिएको केही समयमै रातोपुलस्थित महामन्त्री थापाको निवास अगाडि पनि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको अवस्थामा फेला परेको हो ।
