SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे नियुक्त, आजै शपथ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले प्राधिकरणकै निर्देशक एवं निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका घिमिरेलाई आगामी कार्यकालका लागि नेतृत्व सुम्पने निर्णय गरेको हो । घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशिल थिए ।