मन्त्री बादी र सांसद रानाबीच भेट, महिला तथा सामाजिक सुरक्षाका विषयमा छलफल
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधि सभा सदस्य माननीय सांसद इन्दिरा राना मगरबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
