SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना

सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ वसन्त पार गरेर २०औं वर्षमा प्रवेश गरेको छ। यही २०औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।