शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ
काठमाडौं : शिक्षा अधिकृतको शरीरमा मोबविल छर्किने वडा सदस्य पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी पक्राउ परेका हुन्।घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किएको उनीमाथि आरोप छ।
