SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर । जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरे ।