सञ्चारगृहको गेटमा शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ती, कारबाहीको माग
काठमाडौं : नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमै शंकास्पदरुपमा सवारीसाधन पार्किङ गरी आतंक सिर्जना गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बिहान ७ बजेदेखि थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँ बानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन का कार्यालयको गेटमा गाडी पार्किङ गरी पत्रकारलाई आवतजावत गर्न समस्या सिर्जना गरिएको जनाएको छ।
