भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाउने १५९ सहित ५९३ म्यानपावर कारबाहीमा
काठमाडौं : वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने ५ सय ९३ वैदेशिक रोजगार व्यवसायी संस्था (म्यानपावर)विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। तीमध्ये अनुमतिबिना भारतका विमानस्थल प्रयोग गरेर श्रमिक पठाउने १ सय ५९ कम्पनीलाई चेतावनी दिइएको छ भने दोस्रो पटक कसुर दोहोर्याएका आठ कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।वैदेशिक रोजगार विभागले ५ सय ९३ वटा म्यानपावर व्यवसायी संस्थालाई कारबाही गरेको छ।
