सञ्चारगृहका गेट अगाडि शंकास्पद पार्किङ गरिएका गाडी प्रहरीले नियन्त्रणमा लियो
काठमाडौं : काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको तीनकुनेस्थीत कान्तिपुर मिडिया हाउस,मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजन,नयाँ बानेश्वरस्थीत अनलाइनखबर मिडिया हाउसबाहिर सडक नै अवरुद्ध हुने गरि शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरूलाई प्रहरीले क्रेन प्रयोग गरेर प्रहरीले उठाएको छ । अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर राखिएको गाडी भने प्रहरीले साँचो प्रयोग गरेर चलाएर लगेको छ ।
