स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको अभियान
मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।यस कार्यक्रम अन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकीलाई र स्थानीय तहमार्फत २६ वटा व्हीलचेयर उपलब्ध गराएको छ।
