मिडिया हाउसका गेटअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी प्रहरीले हटायो
काठमाडौँ । काठमाडौँ तीनकुनेस्थित कान्तिपुर मिडिया हाउसको कार्यालय अगाडि शंकास्पद रूपमा पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ । आज बिहान ७ बजेदेखि बेवारिसे तथा शंकास्पद ढंगले पार्किङ गरिएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त सवारीसाधन नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
