बेवारिसे गाडीबारे रास्वपाका निवर्तमान केन्द्रीय सदस्यको टिप्पणी- ‘साङ्केतिक विरोध हुन सक्छ’
काठमाडौँ । काठमाडौँका विभिन्न मिडिया हाउस तथा व्यावसायिक प्रतिष्ठानका कार्यालय अगाडि बेवारिसे अवस्थामा गाडी पार्किङ गरिएको घटनाबारे प्रधानमन्त्री बालेन शाहनिकट नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय सदस्य मधुसूदन ढकालले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । ढकालले उक्त घटनालाई अव्यवस्थित पार्किङले सर्वसाधारणलाई पार्ने असरबारे साङ्केतिक सन्देशका रूपमा पनि बुझ्न सकिने बताएका छन् ।
