नेपाली भाषा विकास,विस्तारमा भानुभक्त आचार्यको योगदान अतुलनीय : सभामुख
काठमाडौं : आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानुभक्त जयन्तीका अवसरमा भानु प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा,साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताए ।
