अमेरिकी सैन्य अखडामा इरानकाे जवाफी हमला, मध्यपूर्वमा थप तनाव
तेहरान: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा जवाफी आक्रमण गरेको दाबी गरेको छ।आईआरजीसीका अनुसार आइतबार र सोमबार बिहान भएका अमेरिकी हमलाहरूको जवाफमा यो कारबाही गरिएको हो। बीबीसीले आईआरजीसीलाई उद्धृत गर्दै यस आक्रमणमा थुप्रै महत्त्वपूर्ण ठेगाना तथा सैन्य स्रोतसाधनहरूमा क्षति पुगेको जनाएकाे छ।
