SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

मिडिया हाउसका गेटअगाडि शंकास्पद गाडी पार्किङ गरिएका गाडी प्रहरीले हटायो

काठमाडौँ । काठमाडौँ तीनकुनेस्थित कान्तिपुरको कार्यालय अगाडि शंकास्पद रूपमा पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ । आज बिहान ७ बजेदेखि त्यहाँ बेवारिसे तथा शंकास्पद ढंगले पार्किङ गरिएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त सवारीसाधन नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।