SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्दै उनले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए ।