SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धनुषा । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा विश्वभर परिचित जनकपुरधामले पछिल्ला वर्षमा धार्मिक आस्थाको केन्द्रबाट पर्यटन, संस्कृति, व्यापार र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा आफ्नो पहिचान विस्तार गर्दै गएको छ । प्रत्येक वर्ष लाखौँ स्वदेशी तथा विदेशी श्रद्धालु तथा पर्यटकको आगमनले जनकपुरधामलाई नेपालको धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गरिरहेको छ ।