SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

बहुमूल्य वस्तुको प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ

कास्की : पोखरा महानगरपालिका- २६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।भाडामा बस्दै आएका व्यक्तिहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने वस्तु एक थान,काठको फोल्डिङ बट्टा एक थान,करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको छ ।