अर्घाखाँचीका वन क्षेत्रमा बहुउपयोगी रिचार्ज पोखरी निर्माण
अर्घाखाँची : पाणिनी गाउँपालिका–४ स्थित गहुखर्क वनक्षेत्रमा समुद्री सतहबाट करिब १ हजार ७ सय मिटर उचाइमा नमुना रिचार्ज पोखरी निर्माण गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण घना वनको बीचमा ढुंगाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।डिभिजन वन कार्यालय अर्घाखाँचीले यस आर्थिक वर्षमा जलस्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै उक्त पोखरी निर्माण गरेको हो।
