सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार प्रतितोला सुनको मूल्य २८ सय रुपैयाँले घटेको हो। यससँगै प्रतितोला सुन २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो।यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा १ सय रुपैयाँले घटेसँगै चाँदी तोलामा ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।
