दोलखाको कालिञ्चोकमा पहिरोमा परी छोरीको मृत्यु, आमा गम्भीर
दोलखा:जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं.१ क्याम्पोलमा पहिरोमा परेर चार महिनाकी बालिकाको मृत्यु भएको छ । आइतबार राति सुनखानी–साङ्वा सडकअन्तरगत क्याङ्पोल हेलेक्पाथलीको पहिरोमा परी चार महिनाको बालिका एलिना थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।१९ वर्षीय आमा शर्मिला थामी घाइते भएको वडा नं.१ का वडाध्यक्ष पदम थामीले बताए । घाइते शर्मिलालाई स्थानीयले उद्धार गरी धुलिखेल अस्पताल दोलखा ल्याइएकोमा थप उपचारका लागि काठमाडौं रिफर गरिएको अध्यक्ष थामीले जानकारी दिए ।
