SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

४ हजार बालबालिकाका लागि एकीकृत भान्साघरको दिवाखाजा

धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको एकीकृत भान्साघरबाट अब करिब ४ हजार विद्यार्थीले दैनिक गुणस्तरीय दिवा खाजा पाउने भएका छन्।साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्मका २१ सामुदायिक विद्यालयमा यो व्यवस्था लागू हुने भएको हो। हालसम्म अधिकांश विद्यालयले आफ्नै स्तरमा दिवा खाजा तयार गर्दै आएका थिए।