SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

रहेनन् अन्नपूर्णकर्मी प्रिमेश शिवाकोटी

जनकपुरधाम :अन्नपूर्ण पोष्ट दैनिकका रौतहट संवाददाता प्रिमेश शिवाकोटीको निधन भएको छ । नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष समेत रहेका चन्द्रपुर नगरपालिका-७ निवासी ३६ वर्षीय सञ्चारकर्मी शिवाकोटीको उपचारको क्रममा सोमबार बिहान निधन भएको हो । विगत केही समयदेखि मृगौलाको समस्याबाट ग्रसित शिवाकोटीको चितवन नेशनल मेडिकल कलेजमा भइरहेको थियो । उपचारकै क्रममा उनको बिहान निधन भएको हो। उनको परिवारमा श्रीमति र एक छोरी छन् ।