SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

वाणिज्य बैंकहरूले कमाए ११ महिनामा साढे ६४ अर्ब

काठमाडौं : वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा खुद नाफामा भारी वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूले जेठ महिनासम्मका ६४ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा नाफा १९.६२ प्रतिशतले बढी हो। त्यस अवधिमा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँमात्रै खुद नाफा कमाएका थिए।