SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

संघीयतापछि मधेसको अनुहार

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन सुरु भएको एक दशक पूरा भएको छ। सामान्य रूपमा हेर्दा संघ, प्रदेश र स्थानीय तहका दुई चरणमा सम्पन्न निर्वाचन तथा जनप्रतिनिधिले आफ्नो कार्यकाल पूरा गर्नुलाई सबैभन्दा ठूलो उपलब्धिको रूपमा लिन सकिन्छ। यससँगै संघ, प्रदेश तथा स्थानीय तहहरूले नयाँ संविधानबमोजिम निर्माण गरेका विभिन्न कानुन, नीति तथा संस्थागत संरचनाहरूले यसलाई थप विशिष्ट बनाएका छन्।