SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

राणाले बनाइन् फुटबल एकेडेमी

सिमरा : मुसहर समुदायका लागि बस्ती नै निर्माण गरेर सामाजिक सेवामा उदाहरण प्रस्तुत गरेकी बारा सिमराकी समाजसेवी राजी राणाले सुविधा सम्पन्न फुटबल एकेडेमी भवन निर्माण गरिदिएकी छन्। राणाले सिमरा रंगशालामा १ करोड २५ लाखको लगानीमा एकेडेमी भवन निर्माण गरिदिएकी हुन्। ‘प्रभुराजी एनजेजेवाईसी एकेडेमी’ नाम दिइएको उक्त भवनको राणाले हालै उद्घाटनसमेत गरेकी छन्। उद्घाटनपछि भवनको निरीक्षण गर्दै राणाले खेलकुदको विकासका लागि थप सहयोग गर्न आफू तयारसमेत बताइन्।