SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

स्विट्जरल्यान्डसँग अर्जेन्टिनाको संघर्ष

एजेन्सी /मिसौरी: साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलले पराजित गर्दै अर्जेन्टिनाले सातौंपटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो। अर्जेन्टिनालाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरेका थिए। स्विट्जरल्यान्डका डान न्डोयेले एक गोल फर्काएका थिए।