सरकार ! लोकतन्त्र निमुखाको पनि हो
महाराजगन्जस्थित शिक्षण अस्पताल उत्तरतर्फको सुकुम्बासी बस्तीमा गएको वैशाख १७ गते साँझ अफिसबाट फर्कंदै गर्दा कारुणिक दृश्य देख्नुपर्या। वैशाख १६ गते राति राणाकालीन बिगुलकै झल्को दिनेगरी अस्वाभाविक साइरनसहितको माइकिङमा ‘वैशाख १७ गते बेलुकासम्म नदी किनार र सार्वजनिक स्थानका अव्यवस्थित बस्ती खाली गर्नुपर्ने अन्यथा १८ गते बिहान डोजर लगाइने’ चेतावनी दिइएको थियो। परिणामस्वरूप त्यहाँ ती दृश्यहरू घटित भइरहेका थिए।सडकमा मालसामान ओसार्ने सवारीका ताँती थिए।
