चीनको रणनीतिक चिन्ता
चीनको रेनमिन विश्वविद्यालयअन्तर्गतको पत्रकारिता तथा सञ्चार विभागको निमन्त्रणामा जुन २२ देखि जुलाई ३ सम्म चीन भ्रमण गर्ने अवसर मिल्यो। भ्रमणका क्रममा बेइजिङ र नानजिङमा विश्वविद्यालयका प्राध्यापक, चिनियाँ विदेश मन्त्रालयका अधिकारी, सञ्चारकर्मी तथा नीतिनिर्माणसँग सम्बन्धित व्यक्तिहरूसँग मिडिया, विकास, कृत्रिम बुद्धिमत्ता (एआई), चिनियाँ शैलीको लोकतन्त्र, चीन–अमेरिका सम्बन्ध तथा चीनको छिमेकी कूटनीतिका विषयमा विस्तृत अन्तरक्रिया भयो।
