सुकुम्बासी व्यवस्थापन चाँडै गर
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएपछि सबैभन्दा ठूलो एक्सन सुकुम्बासी समस्यामा भएको छ। काठमाडौंको बागमती किनारका सुकुम्बासीको बस्ती उजाड्यो। डोजर चलाएर घरबस्ती ध्वस्त पारेपछि प्रधानमन्त्री वालेन्द्र शाहले भनेका थिए, ढुक्क हुनुहोस्। उनले अझ त्यसभन्दा अघि बढेर बर्खाको बेला बाढी पसेर सुकुम्बासी बस्ती डुबान हुँदै आएकाले स्थानान्तरण गर्न लागिएको प्रष्टीकरण पनि दिएका थिए। तर उनले दिएको तर्क अहिले आएर खण्डित भएको छ।
