SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

रवि र बालेनबीच ४ घन्टा छलफल, सुकुम्बासीमा समाधानमा जोड

काठमाडौं :  प्रधानमन्त्री वालेन्द्र शाह र  रास्वपा सभापति रवि लामिछानेबीच आइतबार लामो छलफल भएको छ। हालका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा  उनीहरूका बीच कुराकानी भएको हो। प्रधानमन्त्री बालेन स्वयम् सभापति  लामिछानेलाई भेट्न पुगेका थिए। उनीहरूबीचमा चार घण्टा लामो छलफल भएको छ। गणेश नेपालीहरूको आत्मदाहदेखि सुकुम्बासीहरूको समस्याले सडकदेखि सदनमै सरकारको तीव्र आलोचना र विरोध भइरहेको छ।