SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

‘थोरै पानी पर्दा पनि डुब्न थाल्यो काठमाडौं’

काठमाडौं : थोरै वर्षामा पनि काठमाडौं डुब्न थालेको छ। शुक्रबार राति कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको बाढीलाई यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ।  यस घटनाले काठमाडौं आगामी दिनमा बाढीको जोखिममा रहेको थप प्रष्ट्याएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाका हाइडोलोजिस्ट सौहार्द जोशीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा ३० देखि ४० मिलिलिटर मात्रै वर्षा हुँदा पनि डुबान हुन थालेको छ।