SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

रसुवागढी नाकास्थित ल्हेन्दे नदीमा बाढी, भन्सार यार्डमा रहेका सवारी साधन सुरक्षित स्थानमा सारियो

काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढीस्थित ल्हेन्दे नदीमा लेदोसहितको बाढी आएको छ। अविरल वर्षाका कारण बाढी आएपछि खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। आइतबार बेलुका पौने ८ बजे नदीको बहाव साविकभन्दा बढेको छ। टिमुरेस्थित भोटेकोशी नदी नजिकै रहेको भन्सार यार्डमा पार्किङ गरिएका सवारी साधनहरू सुरक्षित स्थानतर्फ सारिएको छ।