SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

गणेश नेपाली मृत्यु प्रकरण : श्रीमतीलाई रोजगारी र छोरीलाई शिक्षाको व्यवस्थासहित ९ बुँदे सहमति

काठमाडौं : गणेश नेपालीको मृत्यु प्रकरणमा सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। मृतक परिवारलाई उचित राहत प्रदान गर्ने, मृतककी छोरीलाई उच्च शिक्षासम्मको व्यवस्था गर्ने, मृतककी श्रीमतीलाई रोजगारी उपलब्ध गराउने र घटना सम्बन्धमा निष्पक्ष छानबिन गर्ने सहमति भएको हो।नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच काठमाडौं जिल्ला प्रशासन कार्यालय सहमति भएको हो।