गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति
गणेश नेपालीको निधन प्रकरणमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको वार्तापछि सरकार र पीडित पक्षबीच सहमति कायम भएको हो। सहमतिपत्रमा गणेश नेपालीको मृत्यु घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ।
