मनसुनजन्य विपद जोखिम न्युनीकरण : सरकार पूर्ण तयारीमा
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्युनीकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाइएको बताएको छ ।प्राधिकरणको आइतबार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधिक गरेको जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताए ।
