SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

भारतीय विद्यार्थी फिनल्यान्डमा बेपत्ता, दुई महिनापछि समुद्रमा भेटियो शव

फिनल्यान्ड : फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित समुद्री क्षेत्रमा भारत हैदराबादका १८ वर्षीय विद्यार्थी मणिदीप रेड्डी गुज्जाको शव फेला परेको छ । गत ५ मेदेखि बेपत्ता रहेका मणिदीपको शव करिब दुई महिनापछि भेटिएको परिवारका कानुनी प्रतिनिधि केएलबी कुमारले आइतबार पुष्टि गरेका छन् । परिवारका तर्फबाट वकिल कुमारले घटनाको अनुसन्धानमाथि प्रश्न उठाउँदै यो मृत्यु शंकास्पद भएको दाबी गरेका छन् । दुई महिनासम्म शव नभेटिनु र अनुसन्धान प्रभावकारी ढंगले अघि नबढ्नुले धेरै आशंका उत्पन्न गरेको उनले बताएका छन् ।