गृहमन्त्रीसहितको टोली खरिपाटी होल्डिङ सेन्टरमा, ‘माथिको निर्देशन’ भन्दै पत्रकारलाई निषेध
भक्तपुर : गृहमन्त्री सुदन गुरुङसहित उच्च सरकारी टोलीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेको छ । गृहमन्त्रीसहितको टोली त्यहाँ झण्डै दुई घण्टा बसेको थियो । विहान ११ बजेर पाँंच मिनेटमा गेट पसेको टोली १२ बजेर ५० मिनेटमा निस्केको थियो । गृहमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरू खरिपाटी होल्डिङ सेन्टर पुगेका थिए ।
