SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

पूर्व सांसद एन विडिकम्बेको हत्या प्रकरणमा २८ वर्षीय युवक पक्राउ

बेलायत : बेलायतकी पूर्व सांसद एन विडिकम्बेको हत्या आशंकामा २८ वर्षीय एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती शंकास्पद व्यक्ति श्वेत बेलायती नागरिक हुन् । उनलाई शनिबार साँझ दक्षिण योर्कशायर क्षेत्रबाट पक्राउ गरिएको हो ।हाल उनी प्रहरी हिरासतमा छन् । डेभोन एन्ड कर्नवाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तर–पूर्व आतंकवादविरुद्धको प्रहरी इकाई र दक्षिण योर्कशायर प्रहरीले हाम्रो तर्फबाट पक्राउ गर्ने कार्यमा सहयोग गरेका छन् ।