SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

राहदानी छपाईसम्बन्धी छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक आह्वान

काठमाडौं : प्रतिनिधि सभाअन्तरगतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ। मंगलबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको समितिले जनाएको छ।बैठक नयाँ बानेश्वरस्थित संघीय संसद्भवन-१ को सार्वजनिक लेखा समितिको बैठकमा बस्नेछ।विद्युतीय राहदानी छपाइसम्बन्धी छलफल गर्न बैठक बोलाइएको हो। समितिले सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।