SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

देशका लागि विश्वकप खेलेका २५ वर्षीय दक्षिण अफ्रिकी फुटबलर एडम्स मृत्त भेटिए

अफ्रिका : दक्षिण अफ्रिका तथा मामेलोडी सनडाउन्सका मिडफिल्डर जेडन एडम्स को २५ वर्षको उमेरमा निधन भएको छ । देशका लागि विश्वकप खेलेको केही सातामै उनको निधन भएको हो ।दक्षिण अफ्रिकी प्रहरीले शनिबार बिहान केप टाउनको शटशेक्लुफ क्षेत्रमा रहेको एक घरमा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । जेडन एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाका लागि समूह चरणका तीन वटै खेल खेलेका थिए । उनको टोली नकआउट चरणसम्म पुगेको थियो, तर राउन्ड अफ ३२ मा क्यानडासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।