SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

मणिपुरमा खेतमा काम गरिरहेका किसानको गोली हानी हत्या

भारत : भारतको काङपोकपी जिल्लामा संदिग्ध उग्रवादीहरूले एक ५३ वर्षीय आदिवासी किसानको गोली हानी हत्या गरेका छन् । यो हमला शनिबार दिउँसो भएको हो । किसान आफ्नी श्रीमतीसँग धान खेतमा काम गरिरहेका बेला उनलाई निशाना बनाइएको थियो । काङपोकपी प्रहरीले मृतकको पहिचान गोवाजाङ गाउँका हाओलाल सिङसिटका रूपमा गरेको छ ।घटनाबारे एक प्रहरी अधिकारीले भने, ‘शनिबार हाओलाल आफ्नो खेतमा काम गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले उनीमाथि गोली चलाए। धेरै गोली लागेका कारण उनको घटनास्थलमै मृत्यु भयो ।