शैक्षिक परामर्श नियमावली २०८३ प्रति १४ व्यावसायिक संस्थाको गम्भीर आपत्ति
काठमाडौं : सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ प्रति शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील १४ वटा संघ-संस्थाले गम्भीर आपत्ति जनाएका छन्। संयुक्त बैठकपछि एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीहरूले वर्तमान स्वरूपको नियमावलीले निजी क्षेत्रलाई धराशयी बनाउने र विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शिक्षा पाउने अधिकार कुण्ठित गर्ने ठहर गरेका हुन्।
