खानपानमा ध्यान दिऊँ, रोगसँग लड्ने क्षमता बढाऊँ
रोगसँग लड्ने क्षमता बढाउने सक्रिय जीवनशैली र स्वस्थ खानपानमा ध्यान दिनुपर्छ। स्वस्थ शरीर र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन दैनिक कम्तीमा ५ प्रकारका फलफूल तथा हरियो सागपात सेवन गर्न सिफारिस गरिएको छ।तर, अधिकांश नेपालीले आवश्यक मात्रामा फलफूल र तरकारी सेवन गर्ने तर्फ ध्यान दिँदैनन्। यसको परिणाम स्वरूप भिटामिन ए लगायतका आवश्यक सूक्ष्म पोषक तत्वको कमी देखिने गरेको छ।
