SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

सुनको मूल्य सामान्य बढ्यो, चाँदी के छ ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रतितोला सुनको मूल्य ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको हो।गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै,आइतबार चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ रहेको थियो। आज चाँदी ३५ रुपैयाँले घटेको हो।