SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

समस्याहरूसँग लडौं, आत्मघाती बाटो नरोजौं

हरेक मानिसको स्वाभाविक प्रवृत्ति सुख–दुःख भोग्दै जीवन जोगाउने, परिवारसँग रमाउने र आफ्ना सपनाहरू पूरा गर्ने नै हो। तर, पछिल्लो समय आर्थिक संकट, व्यावसायिक विफलता, बेरोजगारी र पारिवारिक तनावका कारण कतिपय व्यक्तिहरू चरम निराशामा पुगेर आत्मदाह वा आत्महत्या जस्तो आत्मघाती बाटो रोज्न पुगिरहेका छन्। अनुसन्धान अनुसार करिब ७० देखि ८० प्रतिशत आत्महत्याका घटनामा डिप्रेसन, अत्यधिक तनाव वा अन्य मानसिक स्वास्थ्य समस्याको भूमिका हुन्छ।